Friday, May 10, 2024

लोकगायक बुद्धिकृष्ण लामिछाने चीर निन्द्रामा

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, १३ पुस

लोकगायक बुद्धिकृष्ण लामिछानेको आज निधन भएको छ ।

भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ७ मा बस्दै आएका लामिछानेको शुक्रबार भक्तपुरस्थित उनकै निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि गायक लामिछाने प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित थिए ।

स्व. लमिछानेका घाँसै काट्ने खुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका लोकगीतहरु चर्चित छन् ।

लामिछानेका २ छोरा रहेका छन् ।

लामिछानेको आजै अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *