रौतहटमा १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका १० जानमा कोरोना संक्रमण देखिएको हो।

रौतहटको राजपुर नगरपालिका फरहदवाका १८ देखि ४८ वर्षका पुरुष र रौतहटकै इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका  ७ जना पुरुषमा कोरोना देखिएको हो।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २९१  पुगेको छ। संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् भने एक जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *