पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न परेवाकोट महोत्सव

समाचार

चितवन , ७ फागुन


पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं १ अन्तर्गत हुने महादेवटारमा यही फागुन २१ गतेदेखि परेवाकोट पर्यटन महोत्सव हुने भएको छ । परेवाकोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । परेवाश्वरी सामुदायिक वन,लोथर मध्यवर्ती उपभोक्ता समिति,युवा जागृती क्लव र बुलबुल इन्टरटेन्टमेन्ट एण्ड मिडिया प्रा.लि.ले सयुक्त रुपमा उक्त महोत्सवको आयोजना गरेको हो ।
लोथर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङबोेले भ्रमण बर्ष,राप्तीको पर्यटन,आर्थिक,सामाजिक विकास गर्ने उद्देश्य तथा राप्ती नगर भित्रका पर्यटकीय स्थलहरु परेवाकोट,कामिनचुली,नागदह,भास्मणी तालको प्रवद्र्धनका लागि महोत्सवको प्रथम संस्करण गर्न लागिएको बताए ।
महोत्सवमा चेपाङको खाना गिठ्ठाको मम, सिस्नुको परिकार,युवा बैज्ञानिक सरोज प्रजाले आविस्कार गरेको कार तथा प्यारामोटरहरुको प्रर्दशनी,परेवाकोटमा जीप सफारी,घोडा शयर र आर्कषण सेल्फी खिच्ने व्यवस्था मिलाइएको महोत्सव मुल समारोह समितिको संयोजक सानुबाबु बर्तौलाले जानकारी दिए ।
महोत्सवमा ५० लाख खर्च लाग्ने र एक लाख दर्शकले अबलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले महोत्सवले राप्ती नगर भित्रका पर्यटकीय स्थलहरुको प्रर्वद्धनन गर्ने भन्दै महोत्सवलाई नगरपालिकाले सहयोग गर्ने बताए । महोत्सव चैत्र १ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *