कोरोना अपडेट : उपचारपछि निको हुने सबैभन्दा बढी जर्मनीमा, यस्तो छ सार्क राष्ट्रको अवस्था

विशेष समाचार समाचार स्वास्थ्य

कोरोना भाइरस संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या  ६ लाख ८१ हजार नाघेको छ।

नेपाली समय अनुसार बुधबार विहान ७ः०० बजेसम्म विश्वभर उपचारपछि निको भएर घर फर्किनेको संख्या ६ लाख ८१ हजार २ सय १६ पुगेको छ।

जर्मनीमा सबैभन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किएका छन्। जर्मनीमा घर फर्किनेको संख्या ९५ हजार २ सय पुगेको छ।

स्पेनमा ८२ हजार ५ सय १४ जना निको भएर घर फर्किसकेका छन्।

चीनमा घर फर्किनेको संख्या ७७ हजार ७ सय ९९ पुगेको छ।

अमेरिकामा ७५ हजार २ सय ४ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

इरानमा घर फर्किनेको संख्या ६० हजार ९ सय ६५ पुगेको छ। इटालीमा ५१ हजार ६ सय जना निको भएर घर फर्किसकेका छन्।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर २५ लाख ६१ हजार ९ सय १५ जना मानिस संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ८ लाख २४ हजार १ सय ४७ पुगेको छ। स्पेनमा २ लाख ४ हजार १ सय ७८ जना संक्रमित भएका छन्। इटालीमा संक्रमितको संख्या १ लाख ८३ हजार ९ सय ५७ पुगेको छ।

फ्रान्समा १ लाख ५९ हजार २ सय ९९ जना संक्रमित भएका छन्। जर्मनीमा संक्रमितको संख्या १ लाख ४८ हजार ४ सय ५३ पुगेको छ।

बुधबार विहान ७ः०० बजेसम्म विश्वभर कोरोनाका कारण १ लाख ७७ हजार २ सय जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ।

अमेरिकामा मृत्यु हुनेको संख्या ४४ हजार ९ सय ९९ पुगेको छ।

इटालीमा २४ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ। स्पेनमा मृतकको संख्या २१ हजार २ सय ८२ पुगेको छ। फ्रान्समा  २० हजार ८ सय २९ जनाको मृत्यु भएको छ।

सार्क देशको अवस्था 
भारतमा मंगलबार ४ सय ४६ जना संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या २० हजार ८० पुगेको छ।  मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ। ३ हजार ९ सय ७५ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा मंगलबार मात्र ३ सय २४ जना संक्रमित भएका छन् भने १६ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या ९ हजार ५ सय ६५ पुगेको छ। २ सय १ जनाको मृत्यु भएको तथ्यांक रहेको छ। २ हजार ७३ जना निको भएर घर फर्किसकेका छन्।

बंगलादेशमा मंगलबार ४ सय ३४ जना संक्रमित भएका छन्। ९ जनाको मृत्यु भएको छ। योसँगै बंगलादेशमा संक्रमितको संख्या ३ हजार ३ सय ८२ पुगेको छ। १ सय १० जनाको मृत्यु भइसकेको छ। ८७ जना निको भएर घर फर्किसकेका छन्।

अफ्गानिस्तानमा मंगलबार ६६ जना संक्रमित भएका छन्। यो सँगै आफ्गानिस्तानमा संक्रमितको संख्या १ हजार ९२ पुगेको छ। ३६ जनाको मृत्यु भएको छ। १ संय ५०ं जना निको भएर घर फर्किसकेका छन्।

श्रीलंकमा मंगलबार ६ जना संक्रमित भएका छन्। योसँगै श्रीलंकामा संक्रमितको संख्या ३ सय १० पुगेको छ। ७ जनाको मृत्यु भएको छ।  १ सय २ जना निको भएर घर फर्किसकेका छन्।

माल्दिभ्समा एकै दिनमा १४ जना संक्रमित भएका छन्। योसँगै माल्दिभ्समा संक्रमितको संख्या ८३ पुगेको छ।  १६ जना निको भएर घर फर्किसकेका छन्।

नेपालमा मंगलबार १० जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या ४१ पुगेको छ।  ५ जना निको भएर घर फर्किसकेका छन्।

भुटानमा संक्रमितको संख्या ६ पुगेको छ। २ जना निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *