न्यूज अपडेट संवाददाता

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएका छन्।
गुजरावालाको अल्लाहवाला चोक नजिकै र्यालीमा रहेका उनीमाथि गोली प्रहार भएको हो। घटनामा अरु ३/४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।
घाइते हुनेमा पाकिस्तान तहरीक-ए-इन्साफका नेता फैसल जावेद पनि छन्।
पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ।