काठमाडौं उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ९ असाेज

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनालाई  कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको छ। काठमाडौंमा १६ हजार २६७ ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० संक्रमित पुगेका छन्।

पछिल्लो २४ घन्टामा देशभर १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका   विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १३१३ जना कोरोना संक्रमित भेटिएको हो।

आज देशभर १२ हजार २ सय ६२ जनाको नमुना जाँच गरिएको थियो।

पछिल्लो २४ घन्टामा १४५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।

डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। देशभर १८ हजार २९९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७३.४ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *