नेपालमा हालसम्म ५० हजार बढीको कोरोना परीक्षण, १७ हजार क्वारेन्टाइनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

कोरोनाको आशंकामा नेपालमा हालसम्म ५१ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९६ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये आइतबार मात्र दुई नयाँ संक्रमित थपिएका छन्।

आइतबार थपिएका २ जनासहति नेपालमा ५१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये १६ जना निको भएर डिस्चार्ज भइसकेका छन्। अन्य संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

हालसम्म पिसिआरबाट ९ हजार ९ सय ३१ र आरडिटिबाट ४१ हजार ४ सय ३६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ४ हजार ३ सय ८, प्रदेश २ मा ५ हजार १ सय ४१, बागमतिमा ७ हजार ५ सय ९१, गण्डकीमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ३ सय २६, कर्णालीमा ४ हजार ९ सय ७४ र सुदुरपश्चिममा ११ हजार १ सय ७२ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रदेश २ को ८ जिल्लामा १५ सय बढी नमूना संकलन गर्ने भनिएकोमा हालसम्म १ हजार २७ जनाको नमूना संकलन भई परीक्षण भइरहेको छ। उदयपुरमा ३ सय ३७ र झापामा ५० जनाको नमूना संकलन भएको देवकोटाले जानकारी दिए।

मुलुकभर हाल १७ हजार २५ जना क्वारेन्टाइनमा छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार ५ सय ७०, प्रदेश २ मा ३ हजार ९ सय २,  बागमतिमा ४ हजार ६ सय ३६, गण्डकीमा ३ हजार ६ सय ५७, प्रदेश ५ मा १३ हजार १ सय १९, कर्णालीमा ५ हजार ४ सय ८० र सुदुरपश्चिम प्रदेशमा ५ हजार ९ सय ५१ क्वारेन्टाइनमा छन्।

काठमाडौं उपत्यकामा ६ र बाहिर १ सय ४ गरी कुल १ सय १० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *