युवराज खतिवडाको बहिर्गमन चर्चाले उचालियो सेयर बजार, कारोबारमा नयाँ रेकर्ड

अन्तर्वार्ता समाचार

 

काठमाडौं, १५ फागुन

सेयर बजारको परिसूचक नेप्से केही सातादेखि निरन्तर बढिरहेको छ। अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको म्याद सकिने हल्ला बजारमा एक महिनादेखि नै चल्न थालेको हो।उनको म्याद सकिने हल्लापछि बजारले निरन्तर उकालो यात्रा समातिरहेको छ। अहिले त झन् उनको सदस्य पदमा बामदेव गौतमलाई लैजाने कसरत भएसँगै बजार झनै उकासिएको छ। एक महिनाकै बीचमा नेप्से परिसूचक करिब २ सय अंकले बढेको छ। बुधबार मात्रै ५१ अंकले नेप्से बढ्यो। कारोबार रकममा त यस दिन ऐतिहासिक रेकर्ड नै कायम भएको छ। यस दिन ४ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भयो। यो हालसम्मकै उच्च हो।अर्कोतर्फ बजार एकदमै न्यून बिन्दुमा झरेकाले पनि लगानीका लागि धेरैले उपयुक्त समय ठाने। इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार सेयर सस्तो भाउमा झरेकाले केही सातादेखि बजार लगातार बढिरहेको बताउँछन्।‘बियरिस ट्रेन्डको एउटा साइकल अब पार हुन्छ भन्ने लगानीकर्ताले ठाने, मुख्यतः यही सकारात्मक मनोबल बढ्दा बजार बढिरहेको हो’ उनले भने। बुधबार सेयर बजारको परिसूचक नेप्से ५०। ९३ अंकले बढेर १५९६ अंकमा कायम भएको छ। यस दिन १८० कम्पनीको ९९ लाख ६ हजार कित्ता सेयर किनबेच भयो, कारोबार भएको यो सेयर संख्या अहिलेसम्मकै उच्च हो। यस दिन बैंकिङ ५०, होटल ७३, विकास बैंक ३०, जलविद्युत ५, फाइनान्स ६, निर्जीवन बीमा समूह २३३, उत्पादन १४२, अन्य १७, माइक्रोफाइनान्स २७, जीवन बीमा समूह ५७१ अंकले बढे। म्युचुअल फण्ड र व्यापार भने १ अंकमुनि हरियो मात्रै रहे। कारोबारका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। सो कम्पनीको २१ करोड ९९ लाखको सेयर किनबेच भयो। शिवम् सिमेन्टको १८ करोड, नेपल बैंकको १७ करोड तथा हिमालय डिस्टिलरीको १६ करोड बढीको सेयर कारोबार भयो।उच्च नाफा कमाउनेमा एभरेष्ट बैंक ९कन्भर्टिवल प्रिफरेन्स सेयर०, राष्ट्रिय बीमा कम्पनी र युनिलिभरका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य यस दिन १० प्रतिशतले बढेको छ। त्यस्तै कालिका पावर, गुराँस लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी (संस्थापक), सिभिल लघुवित्त, जोशी हाइड्रोपावरको मूल्य ९ प्रतिशत बढीले बढ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *