१० हजार ५२ जना कोरोना संक्रमित होम आइसोलेसनमा 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ९ असाेज

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

शुक्रबार १८ हजार २ सय ८९ जना संक्रिय संक्रमित मध्य १० हजार ५२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५ हजार ५ सय ९३ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा १ हजार ४ सय ३८, प्रदेश २ मा ५ सय ३८, प्रदेश ५मा १ हजार ६ सय ९८, सुदूरपश्चिम प्रदेशमा १९९, गण्डकी प्रदेशमा ३६० र कर्णाली प्रदेशमा २२७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *