पत्रकारको स्वनियमन गर्न सञ्चारगृह सक्षम

विशेष समाचार समाचार

काठमाडौं, ६ असोज


नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको स्वनियमन गर्न सञ्चारगृह सक्षम रहेको भन्दै कानुन माफर्त पत्रकारितालाई संकुचन गर्न नहुने धारणा राखेको छ ।
महासंघले आज आयोजना गरेको मिडिया कन्टेन्ट, सुरक्षा र अपराध विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष आचार्यले हाल पत्रकारिताको क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका लागि सबै सञ्चारमाध्यमका सम्पादकसंग छलफल गरिएको बताएको छ ।
कार्यक्रममा पत्रकारिताका विज्ञ तथा प्राध्यापक पि. खरेलले समाचारका विषयबस्तुमा विविधता हुनुपर्ने धारणा राखेको छ । उनले समाचारको स्रोत उल्लेख गर्दा समाचारको सत्यतालाई प्रमाणित गरेर मात्रै संप्रेषण गर्नुपर्ने बताएको छ ।
त्रि.वी पत्रकारिता केन्द्रीय विभाग प्रमुख चिरञ्जीवी खनालले समाचार संप्रेषण गर्दा पत्रकारको व्यक्तिगत धारणा धेरै आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिन पत्रकारलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष केपी ढुंगानाले अपराधको समाचार संप्रेषण गर्दा पत्रकारहरु बाझिएका कारण समाचारमा एकरुपता नआउने बताएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमा अपराध विषयमा समाचार संकलन गर्ने पत्रकारहरुले आफ्नो धारणा राखेको थियो ।
महासंघका केन्द्रीय सदस्य एवं मिडिया कन्टेन्ट समितिका संयोजक राधेश्याम दाहालले नेपाली पत्रकार तथा पत्रकारिता क्षेत्रमा देखिएका समस्यको पहिचान गरी त्यसको निराकरण गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *