वि.सं.२०७७ असोज ९ गते शुक्रबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, ९ असाेज

वि.सं.२०७७ साल असोज ०९ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–नवमी,४१ घडी २६ पला,बेलुकी १० बजेर २८ मिनेट उप्रान्त दशमी । नक्षत्र–पूर्वाषाढा,४१ घडी ०१ पला,बेलुकी ११ बजेर ०६ मिनेट उप्रान्त उत्तराषाढा । योग–शाभन,४९ घडी ५६ पला,रातको ०१ बजेर ५२ मिनेट उप्रान्त अतिगण्ड । करण– बालव,बिहान ११ बजेर ०० मिनेट उप्रान्त कौलव,बेलुकी १० बजेर २८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५५ मिनेट । दिनमान ३० घडी ०२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पदीय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बढेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मीय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनाले जस्तो सुकै चुनौतीको पनि सामना गर्न सहज हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

घर परिवारमा आफन्त तथा दिदी बहिनीहरुबीच तित्तता देखिन सक्छ । बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने खतरा रहेकोछ । आफ्नै कमजोरीले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । बिभिन्न भौतिक तथा बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ । पढाइ लेखाइमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ भने व्यापारकै शिलशिलामा रमाइलो यात्रा हुनेछ ।।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

तपाईको वरिपरी भएका प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिँदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । व्यापार व्यवसायमा सदाभन्दा आम्दानी बढी नै हुनेछ भने माया प्रेमको गाठो कसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाइनेछ । प्रेम प्रशंगमा रमाइलो गर्दै समय ब्यतित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार व्यवसायमा लगानी गरे पनि चाहेजस्तो उपलब्धी हासिल गर्न सकिने छैन भने घर जग्गा तथा सवारी साधनको कारोबारबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा प्रतिस्पर्धीहरुनै भन्दा पछि परिने हुनाले पद प्राप्तीको योग टरेर जानेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफ्नाे लेख रचना तथा बिचारहरुलाई सामाजिक सञ्जाल तथा मिडिया मार्फत जनमासमा लैजान सकिने समय रहेकोछ । व्यापार व्यवसायमा लगानी बढाई मनग्गे आम्दानी गर्न सकिनेछ । छोटो दूरीको रमाइलो यात्राको तय गरी दिनलाई रंगिन बनाउन सकिनेछ । दाजुभाइ तथा छिमेकिको सहयोग पाइने तथा उनीहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरका लागि समयले साथ लिने हुनाले मन प्रफुल्लित हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाइ लेखाइमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले थप हौसला बढ्नेछ । बोलिको प्रभाव बढ्ने तथा कर्म क्षेत्रमा तपाईको कामको उच्च मुल्याङ्कन हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आथित्यको रुपमा सत्कार पाइने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राजनीति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । जोश जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यवसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यवसायमा लगानी बढाउँदा प्रशस्त नाफा कमाउन सकिनेछ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपूर्ण हुन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बिद्या तथा प्रतिस्पर्धामा बिजय हुने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आशिर्वाद तथा सहयोगले महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा एक अर्कालाई भेटी सौहार्दपूर्ण वातावरणमा समय व्यतित गर्न सकिनेछ । ईच्छित कामनाहरु पूरा हुने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

नयाँ काम आरम्भ गरी मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएरु जाने तथा आर्थिक स्थिति मजबूत भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुँदा मान सम्मानको साथ पद प्राप्तीको योग रहेकोछ । बिगतमा सुरु गरिएका कामबाट भनेजस्तो आम्दानी हुनेछ भने पैत्रिक धनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *