भक्तपुरमा पर्यटन प्रवर्धन गीत सार्वजनिक, विभिन्न व्यक्तित्व सम्मानित

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, २० पुस


भक्तपुर जिल्लाको चारवटै नगरपालिकाका धार्मिक सम्पदा र संस्कृति तथा पर्यटन प्रवर्धनका लागि ‘नेपाली शीरको कालो टोपी भक्तपुर भक्तपुर’ बोलको गीत तथा कपिल कसपालको एल्वम लोकार्पण भएको छ । वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यमा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगः, वरिष्ठ संगीतकार दिपक जंगम, साहित्यकार जितेन्द्र रसिक, कृष्णमुरारी गौतम र गायक कपिल कसपाल र नगरपालिकाहरुका मेयर उपमयेर लगायत व्यक्तित्वहरुले भक्तपुरको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक पक्ष समेटिएको गीतको लोकार्पण गरिएको हो ।

भक्तपुर विशेष गीतका रचना कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ ले गरेका हुन् । यस गीतको संगीत तथा एरेन्ज संगीतकार बि.बि. अनुरागीले गरेका छन् भने स्वर गायक कपिल कस्पालको रहेको छ । यस गीतलाई सम्पादन, उत्पादन तथा निर्माण व्यवस्थापनको संयोजन साहित्यकार जितेन्द्र रसिकले गरेका हुन् । भिडियो निर्माणको संयोजन भने गायक कसपालले गरेका छन् । भिडियोमा सिंगो भक्तपुर जिल्लाको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक पक्ष समेटिएका छन् ।

लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेमध्वोज प्रधानले लोकार्पित गीत अहिलेसम्मकै नयाँ प्रयोग गरेर भिडियो निर्माण गरिएको र यसले अन्तरराष्ट्रिय जगतमा भक्तपुरलाई चिनाउन ठूलो भू्मिका निर्वाह गर्ने बताए । त्यस्तै संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः, संगीतकार दिपक जंगम लगायतले भक्तपुरको चारैवटा नगरपालिका समेटिएको गीत निकै उत्कृष्ट र संस्कृति झल्काउने गीत रहेकोले यो गीतको प्रवद्र्धन गर्न चारै वटा नगरपालिका लागिपर्नुपर्ने बताए । कार्यक्रममा गीतका संयोजक जितेन्द्र रसिकले गीत निर्माणका बेला भोग्नुपरेका आरोह अवरोहसँगै गीत तयार हुँदासम्मका अनूभूति विनिमय गरे । गायक कपिल कसपालले भक्तपुरलाई विदेशमा पनि चिनाउन महत्वपूर्ण भूमिका गीतले निर्वाह गर्ने बताए । त्यस्तै गीतकार कृष्णमुरारी गौतम चट्याङ मास्टरले १० वर्षदेखि आफूले देखेको सपना यो गीत रेकर्डभएसँगै पूरा भएको बताए ।

कार्यक्रममा गीतमा योगदान दिने व्यक्तित्वहरु तेजेश्वरबाबु ग्वंगः, दिपक जंगम, हरि बहादुर थापा, सुवाषचन्द्र ढुंगेल, सोम मिश्र, बिना बास्टोला, अन्जनादेवी मधिकर्मी, कृष्णमुरारी गौतम ‘चट्याङ् मास्टर, कपिल कसपाल, जितेन्द्र रसिक, बि.बि अनुरागी, इन्दिरा लाछिमस्यु, गम्भीरराज विष्ट, नवराज गेलाल सम्मानित भएका छन् ।

भक्तपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न बनेको यस भिडियोमा भक्तपुरबाट राष्ट्रियस्तरमा योगदान दिन सफल व्यक्तित्वहरु, बहालवाला मेयर, उपमेयर, कलाकार, साहित्यकार, संस्कृतिविद् र राजनीतिक व्यक्तित्व लगायतले भिडियोमा अभिनय गरेका छन् । यो गीत भक्तपुरको पर्यटन प्रवद्र्धनमात्र नभई ‘भिजिट नेपाल २०२०’ को लागि पनि उपयोगी गीतकारुपमा प्रस्तुत गरिएको छ । गीतलाई अंग्रेजीभाषामा ‘स्क्रोल’ राखिएकाले पर्यटकहरुले समेत सजिलै राखिएकाले पर्यटकहरुले समेत सजिलै बुझ्न सक्नेछन् । यस गीतबाट विश्वभरिका दर्शक, स्रोता तथा पर्यटकले भक्तपुरको सम्पूर्ण कला, भाषा, साहित्य, परम्परा, रीतिरिवाजसँगै समग्र भक्तपुरबारे पाँच मिनेटको गीतबाट जानकारी प्राप्त गर्नेछन् । यो गीतसँग सम्बन्धित सबै ब्यतिm भविष्यमा सम्झनायोग्य इतिहास बन्नेछ भन्ने विश्वास लिएका छन् ।

लोकार्पण कार्यक्रममा भक्तपुरको ऐतिहासिक गीतमा योगदान दिएका व्यक्ति तथा संस्थाहरु रेडियो हिमालयन, नमस्ते टी.भी., भादगाउँ टी.भी., रेडियो मस्ती, च्यानल फोर टी.भी, भक्तपुर एफएम, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका योयो बैंक्वेट र कार्यक्रम प्रस्तोता किरण सुवाललाई कदरपत्र प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा गायक कपिल कसपालको गीती एल्वम ‘महशु्स’ समेत सार्वजनिक भएको छ । एल्वममा गीतकार तथा गायक कसपालको स्वर र संगीतमा रहेक गीतहरु मायाको चेक, मेरो राजा मेरो रानी, आयो दशैं तिहारै आयो, ती यादहरु, ठेकीभित्र मदानी गीत समेटिएका छन् । यी गीतहरुमा चर्चित गायिका अन्जु पन्त, सन्ध्या बुढा‘ काउली बुढी’, अधिश्री कसपाल, गगन सरगम र कपिल कसपाल स्वयंको स्वर रहेका छन् । त्यस्तै गीतहरुमा हरि लम्साल, बुद्ध सायमी, निम संगीत, बद्रिनारायण ताम्राकारको र गायक स्वयंमको संगीत रहेका छन् । कार्यक्रम रागरागीनी इन्टरटेन्टमेन्ट प्रा.लि.ले आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *