वि.सं. २०७७ असोज ६ गते मंगलबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, ६ असाेज

वि.सं. २०७७ साल असोज -०६ गते मंगलबार,ई.सं.२०२० September- २२ ,शक संवत्-१९४२,नेपाल संवत्- ११४० ,प्रमादी, दक्षिणायन, शरद, अधिक आश्विन शुक्लपक्ष तिथि षष्ठी , २७:०६ बजे उप्रान्त सप्तमी,नक्षत्र-अनुराधा , २५:३५ बजे उप्रान्त ज्येष्ठा,योग-विष्कम्भ , ११:३४ बजे उप्रान्त प्रीति,करण-कौलव १६:०९ बजेदेखि तैतिल , २७:०६ बजे उप्रान्त भद्रा,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-वज्र, सूर्योदय-०५:५३, सूर्यास्त-१७:५८ दिनमान-३० घडी १५ पला, तुला राशिमा सायन सूर्य २५:४३ बजे प्रवेश।

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ)

बाणीका कारण निकटतम व्यक्तिहरुसँग सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर व्यक्तिको विश्वासमा गरिएका कार्यमा सजग रहनुहोला सामान्य अपजसको सम्भावना रहेकोछ । खानपानमा विशेष सावधानी अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्रम गर्नु पर्ने सम्भावना रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

जीवनसाथीको सहयोगमा गरिएका कार्यबाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । व्यापार व्यवसाय मा भने सामान्य ढिलाइको सम्भावना रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोगमा कमी आएको महसुस हुनेछ । नयाँ काम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतिस्पर्धीहरुको वृद्धि हुनाले कार्य सम्पादनमा विशेष ध्यान पुर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भावना रहेको छ । आकस्मिक खर्चको सामना गर्नु पर्नेछ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अरुको कार्य लापरवाहीको प्रतिफल तपाईलाई आइपर्न सक्नेछ । साझेदारी व्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर व्यक्तिको पूर्ण विश्वास नर्गनु राम्रो हुनेछ । कुरा काट्ने व्यक्तिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ । अध्ययन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारीवारिक साथ सहयोमा गरिएका कार्यहरु दीर्घकालीन फाइदाका स्राेत साबित हुनेछन्र । पति पत्नी बीचको सम्बन्धमा सामान्य खटपट रहने सम्भावना रहेको छ । कार्यक्षेत्रको लगनशिलतामा वृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक स्राेतसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मित्रजन तथा दाजुभाइ बीचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रम गर्नुपर्ने सम्भावना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा विभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कुलकुटुम्बहरुको साथ सहयोगमा कमी आएको महसुस हुनेछ । बौद्धिक व्यक्तित्वसँगको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खरावी देखा पर्नेछ । मित्रजनको साथ सहयोगमा कमी रहला । अध्ययन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । व्यापार व्यवसायको साझेदारीमा भने सामान्य असामन्जस्यता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा वृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनी गर्न समय उत्तम रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मानसिक चन्चलताका कारण मित्रजनसँगको सम्बन्धमा फाटो आइपर्नेछ । जीवनसाथीको सहयोमा गरिएका व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानी तथा साझेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परिणत हुनेछन् ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अध्ययन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्षी तथा प्रतिस्पर्धीहरुको वृद्धि हुन सक्नेछ । नयाँ काम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ तथापि साझेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परिश्रको सम्भावना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा वृद्धिको योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामान्य यात्रा पश्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *