सोमबार जिल्लागत रूपमा देशभर संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ५ असाेज

नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार १ सय ५४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा १, उदयपुरमा १, झापामा २, मोरङमा १ सय ७ र सुनसरीमा ११ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश २ को धुनषामा २, पर्सामा ५, बारामा १, महोत्तरीमा १४, रौतहटमा २९, सप्तरीमा ४७, सर्लाहीमा ७ र सिरहामा ४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ३८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १०, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा ५, भक्तपुरमा ७४, मकवानपुरमा ३, ललितपुरमा ६२, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १८, नवलपरासी पूर्वमा २ र पर्वतमा १ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा ७, कपिलवस्तुमा ९, नलवपरासीमा २४, पाल्पामा ४, प्युठानमा ७,  बाँकेमा १०, रुकुम पूर्वमा ९ र रुपन्देहीमा १८ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ९, रुकुम पश्चिममा २ र सुर्खेतमा २८, सुदूरपश्चिमको अछाममा ३, कञ्चनपुरमा ७, कैलालीमा ३७, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा १६, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १७ हजार ६ सय ११ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ५ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *