आङरिता शेर्पाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त 

पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ६ असाेज

आङरिता शेर्पाको निधन प्रति प्रधानमन्त्री ओलीद्वारा दुख व्यक्त 

प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँ चितुवाको नामले परिचित आङरिता शेर्पाको निधन प्रति दुःख व्यक्त गरेका छन् । बिना अक्सिजन १० औं पटक हिमाल आरोहण गरेका शर्पाको निधनप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् ।

सोमबार ट्विट मार्फत प्रधानमन्त्री ओलीले भनेका छन्, बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दुखित तुल्याएको छ। यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु।उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *