बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १ असाेज

नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुर र खोटाङमा  १/१, झापामा ११, धनकुटामा १, भोजपुरमा ५, मोरङमा ९४ र सुनसरीमा ५४ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा १६, पर्सामा १९, बारामा १०, महोत्तरीमा ४, रौतहटमा ७, सप्तरीमा ९, सर्लाहीमा ११ र सिरहामा ११ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ७ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा १ सय १, दोलखामा ३, धादिङमा २, चितवनमा १ सय १, दोलखामा ३, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ५०, मकवानपुरमा ६३, रामेछापमा १, ललितपुरमा ५१ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा ३, तनहुँमा २, नवलपरासी पूर्वमा १५, लमजुङमा १, बागलुङमा ४ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को कपिलवस्तु, गुल्मी र दाङमा १÷१, नवलपरासीमा १६, पाल्पामा १, प्युठानमा २१, बर्दियामा १३, बाँकेमा २१ र रुपन्देहीमा ३ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा १०, सुर्खेतमा १, सुदूरपश्चिमको अछाममा २२, कञ्चनपुरमा ८, कैलालीमा २१, डोटीमा १७, बझाङमा १ र बैतडीमा १ कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित छन् । कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ७ हजार ८ सय ८३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *