क्लिन एडका सामान पोखरामा

समाचार

पोखरा,१० भदौ


कपडा धुने डिटर्जेन्ट पाउडर क्लिन एड पोखरासहित गण्डकी प्रदेशका बजारमा बिक्री सुरु भएको छ । गण्डकी क्षेत्रको आधिकारिक बिक्रेता न्यु क्षितिज ट्रेडर्सले सोमबार एक कार्यक्रमका बीच क्लिन एडको बिक्री सुरुवात गरेको हो ।
क्लिन एड अन्य पाउडरको तुलनामा सस्तो तथा राम्रो रहेको न्यु क्षितिजका सञ्चालक हरिराज पन्तले बताए । न्यु क्षितिज गण्डकी प्रदेशको ‘सुपर स्टकिस्ट’ हो भने न्यु क्षितिज अन्तर्गत प्रदेशमा १२ वटा वितरक राख्ने तयारी भएको पन्तले जानकारी दिए ।
माटो रहित, बास्नादार, मिच्न नपर्ने, आधा घण्टा भिजाए हुने लगायतका विशेषता पाउडरमा रहेको पन्तले बताए । ‘सस्तो मूल्यमा राम्रो पाउडर बजारमा आएको छ,’ उनले भने । ८०० ग्रामको १ सय रुपैयाँ, ४०० ग्रामको ५० रुपैयाँ र ८० ग्रामको १० रुपैयाँ मूल्य पर्ने पन्तले जानकारी दिए ।
क्लिन एडका डिस वास भाडा धुने सावुन, स्टिल जाली, नाइनल पोलिस्टर जाली लगायतका प्रडक्ड बजारमा आएका छन् । कम्पनीले स्याम्फु, ट्वाइलेट क्लिनर लगायतका प्रडक्ट बजारमा ल्याउने तयारी गरेको बताइएको छ । क्लिन एड नेपालको उद्योग जीतपुर बारामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *