२ सय २६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ४ असाेज

देशभर कोरोना संक्रमितको संख्या बढेपछि आइसियु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि थपिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २ सय २६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३६ जना भेन्टिलेटरमा र १९० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२६ जना आइसियु र  ३३ जना भेन्टिलेटर, प्रदेश ५ मा २३ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ९ जना आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै प्रदेश २ मा १६, गण्डकी प्रदेशमा ५  र कर्णाली प्रदेशमा ११ आइसियुमा उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *