देशभर ८४०७ कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ४ असाेज

 देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

आइतबार  १७ हजार ४ सय ७८ जना संक्रिय संक्रमित मध्ये ८ हजार ४ सय ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा ४ हजार ६ सय १ जना होम आइसोलेसनमा छन्।

त्यस्तै, प्रदेश १ मा  १ हजार २ सय ८९, प्रदेश २ मा ९ सय ९८, प्रदेश ५मा ७ सय ५६, सुदूरपश्चिम प्रदेशमा २४३, गण्डकी प्रदेशमा ३१६ र कर्णाली प्रदेशमा २०४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *