आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ४ असाेज

नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ३ सय २५ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा १, झापामा ३, तेह्रथुममा १, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ६३ र सुनसरीमा ७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश २ को धुनषामा २, पर्सामा १४, बारामा १, रौतहटमा २६, सप्तरीमा ५, सर्लाहीमा १० र सिरहामा १८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय २ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा १५, दोलखामा ४, धादिङमा २१, नुवाकोटमा १, भक्तपुरमा १ सय १, मकवानपुरमा २४, ललितपुरमा ६४, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा २,  तनहुँमा १, लमजुङमा १८, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा १२, गुल्मीमा ६, दाङमा ३, नलवपरासीमा १२, पाल्पामा १२, प्युठानमा ११, बर्दियामा ६, बाँकेमा ३२, रुपन्देहीमा १ सय १३ र रोल्पामा १ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १ र सुर्खेतमा २९, सुदूरपश्चिमको अछाममा १०, कैलालीमा १२ र बझाङमा १९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १७ हजार ४ सय ७८ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ५ सय ८४ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ७ हजार ४ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *