पछिल्लो २४ घण्टामा १२४०६ जनाको परीक्षणमा २४०७ जनामा कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ३० जेठ

पछिल्लो २४ घण्टामा २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा भएको पिसिआर र एन्टीजेन गरी १२ हजार ४०६ जनामा उक्त संख्यामा पोजिटिभ देखिएको हो।

मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभर गरिएको ७ हजार ५ सय १७ पीसीआर र ४ हजार ८ सय ८९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको हो। पिसिआरमा १ हजार ६९४ र एन्टीजेनमा ७१३ जनामा पोजिटिभ देखिएको हो।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९ हजार १ सय ८५ पुगेको छ।

गत २४ घण्टामा ३ हजार ९९४ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा ४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *