देशभर १२४३ जना कोरोना संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १ असाेज

पछिल्लो २४ घण्टामा थप १ हजार २ सय४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा  ४२ हजार ९ सय ४९ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० हजार  ६ सय ४१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ८ लाख ८२ सय हजार ९ सय १५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ७ हजार ८ सय ८३ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज

प्रदेश १- ३७७१

प्रदेश २-  ११७१७

बाग्मती प्रदेशमा- ९४११

गण्डकी प्रदेशमा – २४६६

प्रदेश ५मा- ६८७१

कर्णाली प्रदेशमा- २६०८

सुदूरपश्चिम प्रदेशमा- ६१०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *