भक्तपुर महोत्सव स्थगित

कला/साहित्य पर्यटन विशेष समाचार समाचार

भक्तपुर, २३ फागुन


भक्तपुर नगरपालिकामा बिहीवार बसेको बोर्ड बैठकले विश्वव्यापी कोरोना संक्रमणलाई ध्यानमा राखी यही चैत ४ गतेदेखि ८ गतेसम्म गर्ने भनिएको भक्तपुर महोत्सव स्थगित गरिएको छ ।
भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवका लागि विभिन्न चरणमा सबै वडामा कार्यक्रम तयारीस्वरुप चरणबद्ध रुपमा बैठक तथा भेला गरिसकेको जानकारी दिए । तर विश्वव्यापी महामारी रोगको जोखिम नेपालमा पनि भएको विश्व स्वास्थ्य संगठनको दावी अनुसार यस्तो भेला गर्न नहुने बताएपछि अचानक महोत्सव स्थगित गर्नुपरेको बताए ।
महोत्सवको पूरा तयारी गरेपछि यस्तो निर्णय गर्नुपर्ने बाध्यता आएको महोत्सव संयोजक गौतम प्रसाद लासिवाले बताए । उनले समय र परिस्थिति मिलेमा गर्ने गरी अन्य तयारी गरिराख्ने बताए । त्यस्तै ९ वडाध्यक्ष रवीन्द्र ज्याख्वले अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *