असोज ७ गतेदेखि दोलखामा पठनपाठन सुचारु हुने

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट
दोलखा, ३० भदौ


दोलखाका विद्यालयहरुमा असोज ७ गतेदेखि पठन–पाठन सुचारु हुने भएको छ । कोरोना त्रासका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा असोज ७ गतेदेखि पठन–पाठन शुरु हुने भएको छ ।

मंगलवार जिल्ला समन्वय समिति दोलखामा भएको जिल्लाका स्थानीय तहहरुका जनप्रतिनिधिहरुको सहभागितामा सम्पन्न बैठकले असोज ७ गतेदेखि विद्यालयहरु खोल्ने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेले जानकारी दिए । दोलखा जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा कोरोना भाइरस कोभिड १९ रोकथामका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाउँदै प्राथमिक तहका सिकाइ केन्द्रहरुमा सिकाइ सहजीकरण गर्ने र आधारभुत तथा माध्यमिक तहहरुमा पठन –पाठन क्रियाकलाप सञ्चालन गर्ने व्यवस्था मिलाउन बैठकले निर्णय गरेको संयोजक पाण्डेको भनाइ छ ।

कोरोना संक्रमण फैलन सक्ने भयका कारण चैत महिनादेखि देशमा बन्दा–बन्दी भएदेखि दोलखाका विद्यालयहरु खुल्न सकेका थिएनन् । केही स्थानीय तहहरुमा बन्दा बन्दीका बीचमा पनि विद्यार्थीहरुलाई वर्कसिट बाड्ने काम भएपनि त्यसको खासै प्रभावकारिता नदेखिएको स्थानीय अभिभावकहरुले बताए । आवश्यक सुरक्षात्मक उपायहरु अपनाई असोज ७ गतेदेखि कसरी विद्यालय सञ्चालन गर्न सकिन्छ भनी आफूहरुले तयारी गरिरहेको भीमेश्वर नगरपालिकाका प्रधान अध्यापकहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *