नेमकिपाका सचिव सुवाल कोरोनामुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, ३० भदाै

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवाल कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणमुक्त भएको छ । भदौ १४ गते ‘स्वाब’ परीक्षण गराउँदा सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बसेका उनकाे २७ गते परीक्षण गर्दा सङ्क्रमणमुक्त भएको हो । शनिबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवाकेन्द्र, च्याम्हासिंहमार्फत टेकुमा ‘स्वाब’ परीक्षण गराएका सचिव सुवालको २७ गते सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

उनले कोरोना सङ्क्रमितको कन्ट्याक ट्रेसिङमा परेर भदौ १४ गते पीसीआर परीक्षणका लागि ‘स्वाब’ दिएको थियो भने भदौ २० गतेमात्र रिपोर्ट पोजेटिभ आएको थियो । उनले यसअघि पनि संसद्मा दुईपटक कोरोना परीक्षण गराएको र दुवैपटक रिपोर्ट नेगेटिभ आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *