बिकास प्रहर र राज सागरकाे “बहुलाएँ म“ बजारमा ल्याउँदै

कला/साहित्य मनोरञ्जन समाचार

न्यूज अपडेट

काठमाडाैं, ३० भदाै

119059984_2805703032865053_4935520321527242698_o

नेपाली गजल लेखनमा युवा गजलकार बिकास प्रहरको बेग्लै पहिचान छ । उनै सिद्दहस्त गजलकार बिकासले कोरेको गजल ‘बौलाएँ म’ संगीतबद्द भएर बजारमा आउन लागेको छ । बिषेशतः गजल गायनमै आफ्नो पहिचान बनाएका चर्चित गायक राज सागरको स्वर रहेको उक्त गजलको हालै मात्र भिडियो छायाङ्कन सकिएकोछ र युट्युब मार्फत दर्शक स्रोता माझ आउने अन्तिम तयारीमा रहेको यसका निर्माण स्रोतले बताएको छ । म्युजिक भिडियो बजारमा आउनु अगाडी नै यसको चर्चा परिचर्चा शुरु भएकोछ ।यस गजलको म्युजिक भिडियो उपेन्द्र ढकालको मुख्य भूमिकामा छिट्टै बजारमा आउने भएको छ। यो म्यूजिक भिडियोमा उपेन्द्र ढकालले डेब्यू गरेका हुन्।

गजलमा संगीत राज सागरकै रहेकोछ र संगीत संयोजन किरण कणेलको रहेको छ।

म्यूजिक भिडियोलाई रञ्जिता शिबाकोटीले निर्देशन गरेकी छन् । गजलको म्यूजिक भिडियो आफ्नो पहिलो काम भएको बताउँदै भिडियो बनाउन धेरै मेहनत गरिएकोले राम्रो बनेको जानकारी दिइन्।

शिबाकोटीले ओ एस आरको अफिसियल यूट्युब च्यानलबाट केहीदिनमै बजारमा आउने बताइन्।

सह निर्देशन आकाश उखेडाले गरेका छन् भने नृत्य निर्देशन प्रख्यात घिमिरेको रहेको छ। स्क्रिप्ट लेखन सागर भट्टले गरेका छन्। निर्माण व्यवस्थापन आषिश श्रेष्ठले गरेका छन् भने निर्माण सञ्जय भडेल र अरुण खड्काले गरेका हुन्।

म्यूजिक भिडियोलाई छायाङ्कन सुजय गौतमले गरेका छन् । भिडियोको सम्पादन कमलेस राजचलको रहेको छ।मुख्य भूमिकामा उपेन्द्र ढकाल रहेका छन् भने प्रकृति खतिवडाले नायिकाको भूमिका निभाएकी छन्।

यस्तै आर्शु महर्जन सहनायक र बिनिता पाण्डे,अरुण खड्का,सागर भट्टले अतिथि कलाकारको भूमिका रहेका छन्। गजलमा स्वार्थमा हुर्कने प्रेम सम्बन्धले दिगो रुप लिन नसक्ने देखाइएको छ। प्रेमी प्रेमीका बीच सम्बन्धमा दुर्घटनाले भयाबह रुप लिएको छ। अहिलेको समसामयिक स्थितिमा विदेशमा नागरिकता पाएका जुनसुकै उमेरका केटाहरू माग्न आए पनि विदेश जाने प्रलोभनमा परी केटीहरूले प्रेम सम्बन्ध त्यागेर बिहे गरी विदेश जाने विकृतिलाई छर्लङ्ग पारिएको छ। आफ्नै आँखा अगाडी आफ्नै प्रियसीको सिउँदो भरेको कसले हेर्न सक्छ र यही सेरोफेरोमा मुख्य भूमिका निर्वाह गरेका उपेन्द्र ढकाल आफूलाई सम्हाल्न सक्दैनन्।

उनी किन बहुलाउँछन् त्यो म्यूजिक भिडियो आएपछि थाहा हुनेछ। म्यूजिक भिडियोको पोष्टर भने सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *