सकियाे तीनदिने युवा उद्यमशीलता तालिम

अर्थ/वाणिज्य विशेष समाचार समाचार

चितवन, ५ चैत


उद्योग वाणिज्य संघ–चितवन र देवघाट गाउँंपालिकाको संयुक्त आयोजनामा उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । बिभिन्न सीप सिकेर उद्यम व्यवसाय गर्न चाहने युवाहरुलाई लक्षित गरी उक्त तालिम आयोजना गरिएको हो । तीन दिनसम्म चलेको तालिममा ३७ जना महिला एवं ३ जना पुरुषको सहभागीता रहेको थियो । .
तालिमको समापनपछि बोल्दै देवघाट गाउंँपालिका वडा नम्बर ५ का अध्यक्ष एलबहादुर गुरुङले सिकेको ज्ञान र सीपले व्यावसायिकतामा बदल्न तालिम आयोजना गरिएको बताए । यस्ता सीपले स्वरोजगार सिर्जना गर्ने र उद्यमशिलताको विकास गर्न सहयोग पुग्ने भएकोले तालिम फलदायी हुने अपेक्षा गरे । सो अवसरमा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले व्यवसाय र उद्यमशिलताको सीमा तथा क्षेत्र नहुने बताउंँदै संघका गतिबिधिलाई जिल्ला वरपरका क्षेत्रमा विस्तार गर्ने संघको उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताए । उद्यमशिलताको विकासको लागि संघले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने श्रेष्ठको भनाइ थियो ।
संघका कार्यक्रम अधिकृत एवं प्रशिक्षक नीलबहादुर केसीले उद्यमशिलता विकासका लागि स्थानीय सीप, स्रोत साधन भरपुर प्रयोग गर्नुपर्ने बताए ।
सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत उक्त कार्यक्रममा.बोल्दै देवघाट गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले उद्यम व्यवसायका लागि, सीप, लगानी मात्र नभई दृढ ईच्छाशक्ति हुनुपर्नेमा जोड दिए । आगामी दिनमा वडाले विभिन्न सीप एवं व्यवस्थापकीय तालिम दिदै जाने बताए । तालिममा.सहभागी रस्मी सोती र ईन्द्रा थापाले तालिमबाट सिकेको ज्ञानलाई आफ्नो व्यवसायमा लागु गर्ने भन्दै तालिमले सही मार्गनिर्देशन गरेको बताएका थिए । तालिममा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक गौरव खतिवडा र कार्यक्रम अधिकृत निलबहादुर केसीले स्रोत व्यक्तिको भूमिका निर्वाह गरेका थिए । तालिम चैत ४ गते मंगलबार सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *