थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७१ पुग्यो 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० भदाै

नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७१ पुगेको छ।

७ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सर्लाहीमा ६४ वर्षीय पुरुष, सिरहामा ३५ वर्षीया महिला, बारामा ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ६ वर्षीया महिला, ३४, ९६ र ६६ वर्षीय पुरुष, मकवानपुरमा ६१ वर्षीय पुरुष, रुपन्देहीमा ६४ वर्षीया महिला र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ।
यसअघि नेपालमा सोमबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *