आइसियुमा र भेन्टिलेटरमा १ सय ४४ कोरोना संक्रमितको उपचार हुँदै

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ भदाै

कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ४४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार १७ जना भेन्टिलेटरमा र १२७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ७५ जना आइसियु र  १४ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै प्रदेश १ मा ४ जना आइसियुमा रहेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा २९, प्रदेश ५ मा १३ आइसियु र ३ जना भेन्टिलेटरमा, र  गण्डकी प्रदेशमा ६ संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *