न्यूज अपडेट
काठमाडाैं, ३० भदाै
देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर २ सय २ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार २८ जना भेन्टिलेटरमा र १७४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२३ जना आइसियु र २५ जना भेन्टिलेटर, प्रदेश ५मा २२ जना आइसियु र १ जना भेन्टिलेटर, प्रदेश १मा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा, सुदुरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रदेश २ मा ९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा ९ आइसियुमा उपचाररत रहेका छन्।