मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० भदाै

नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर र संखुवासभामा १÷१, झापामा ६, मोरङमा १ सय ११ र सुनसरीमा १७ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ६, पर्सामा १, बारामा ३, महोत्तरीमा ९, सप्तरीमा २४, सर्लाहीमा ४, सिरहामा १ सय ६२ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ५५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ८, चितवनमा ३७, दोलखामा ५, धादिङमा ४, नुवाकोटमा २, भक्तपुरमा ८६, मकवानपुरमा ८७, रामेछापमा २, ललितपुरमा ३५ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७, गोरखामा ५,  तनहुँमा ९, नवलपरासी पूर्वमा २१, मनाङमा १, लमजुङमा ४ र स्याङमा १४ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा ३, गुल्मीमा ३, दाङमा २६, नवलपरासीमा ३, पाल्पामा १६,  बर्दियामा १, बाँकेमा २७, रुपन्देहीमा ५१ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेख र सल्यानमा २÷२, सर्खुेतमा २३, सुदूरपश्चिमको कञ्चनपुरमा ८, कैलालीमा ११, डोटीमा ११, दार्चुलामा ३, बझाङमा २ र बैतडीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १५ हजार ७ सय ७९ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ३ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ७ हजार २ सय ५० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *