छिन्नमस्तामा सौन्दर्यीकरण परियोजनाको शिलान्यास

समाचार

 

राजविराज, २३ माघ


सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–३ स्थित सखडेश्वरी छिन्नमस्ता भगवती शक्तिपीठको सौन्दर्यीकरण परियोजनाको बुधबार एक समारोहका बीच शिलान्यास भएको छ । पुर्व उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार संयुक्त रुपमा पुनर्निर्माण कार्यको शिलान्यास गरेका छन् ।
प्रदेश २ को ‘मुख्यमन्त्री स्वच्छता अभियान’ कार्यक्रमअन्तर्गत ६ करोड ३० लाखको लागतमा पुनर्निर्माणको काम गरिने छ । उक्त परियोजनाको निर्माण कार्यको ठेक्का सुनकोसी निर्माण सेवा कम्पनीले ठेक्का लिएको मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख भगवान झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *