आइतबार १ हजार १ सय ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २८ भदाै

पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सँगै नेपालमा  ३८ हजार ६ सय ९७ जना संक्रमित  उपचारपछि निको भएका छन्।

आज मन्त्रालयका अनुसार ९ हजार १ सय ६५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ८ लाख ४० सय हजार ५ सय २७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १५ हजार  १ सय १७ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –३४४१
प्रदेश २– १०८३१
बाग्मती प्रदेशमा –७३८४
गण्डकी प्रदेशमा –२२१८
प्रदेश ५मा –६४६६
कर्णाली प्रदेशमा –२२८६
सुदूरपश्चिम प्रदेशमा ५८७१

Leave a Reply

Your email address will not be published. Required fields are marked *