२४ जना भेन्टिलेटरमा र १६० जना कोरोना संक्रमित आइसियुमा उपचाररत

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ भदाै

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर १ सय ८४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार २४ जना भेन्टिलेटरमा र १६० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०९ जना आइसियु र  २१ जना भेन्टिलेटर, प्रदेश ५ मा २२ जना आइसियु र २ जना भेन्टिलेटर, सुदुरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रदेश १ मा ५,  प्रदेश २ मा ९, गण्डकी प्रदेशमा ६  र कर्णाली प्रदेशमा ९ आइसियुमा उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *