देशभर ६१५३ कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ भदाै

देशभरी संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

शनिबार १५ हजार २ सय ६० जना संक्रिय संक्रमित मध्ये ६ हजार १ सय ५३ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा २ हजार ५ सय १७ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश २ मा  १ हजार ५ सय ४५, प्रदेश १ मा १ हजार ३३, प्रदेश ५मा ६ सय ५४ सुदूरपश्चिम प्रदेशमा २२६, गण्डकी प्रदेशमा ७३ र कर्णाली प्रदेशमा १०२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *