स्वास्थ्य मन्त्रालयको १२औं तहमा डा श्यामसुन्दर यादव,भिमसिंह टिंकरी र गुणराज लोहनी बढुवा

समाचार
न्यूज अपडेट संवाददाता
काठमाडौं, २ मंसिर

गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियाे। सिफारिस समितिले पहिलो नम्बरमा बाँकेकाे भेरी अस्पतालका डा श्यामसुन्दर यादव, दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह टिंकरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ, चौंथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा संगिता मिश्र र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा गुणराज लोहनीकाे नाम १२औं तहका लागि सिफारिस गरेकाे थियाे।

मन्त्रिपरिषदले पाँचजनामध्ये तीन जनालाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेकाे हाे। समितिको यसअघि कात्तिक १६ र १७ गते दुई दिन बैठक बसेको थियो। तर बैठकले सम्भावित कर्मचारीको नाम सिफारिस गर्न सकेको थिएन। १२औं तहका रिक्त तीन वटा पदका लागि २१ जनाले निवेदन दिएका थिए। १२औं तहका लागि २१ कर्मचारीले निवेदन दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *