कर्मचारीमा कोरोनाको मिल्ने लक्षण देखिपछि बैक बन्द

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
रौतहट, २७ भदौ

राष्ट्रिय वाणिज्य बैंक गरुडा शाखाको कारोबार बन्द गरिएको छ । बैंकका कर्मचारीमा कोभिड १९ (कोरोना) को मिल्ने लक्षण देखिएपछि आइसोलेसनमा बस्नु पर्ने हुँदा बैंकबाट प्रवाह हुने सेवा बन्द गरिएको हो । राष्ट्रिय वाणिज्य बैंक गरुडा शाखाले बिहीबार नै एक सूचना जारी गर्दै कारोबार बन्द भएको जानकारी गराएको हो ।

बैंकका शाखा प्रबन्धक घनश्याम कटुवालका अनुसार बैंकको एक जना कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको र अन्य कर्मचारीहरुमा पनि कोरोनाको लक्षण देखिएकोले केन्द्रीय कार्यालयको निर्देशनअनुसार बैंक बन्द गरिएको हो । कोभिड–१९ सँग मिल्ने लक्षण देखा परेको हुँदा सोको परीक्षण भई नतिजा नआउन्जेलसम्मका लागि बन्द गरिएको उनले जानकारी दिए । बैकका कर्मचारीको पीसीआर परीक्षणको व्यवस्था गरिदिन आग्रह गर्दै गरुडा नगरपालिकालाई बैंक बन्द गरिएको सूचना दिइसकेको उनले बताए ।

बैंकको कर्मचारीमा कोरोना संक्रमण भएको र बाँकी कर्मचारीलाई पनि शंका लागेकोले पीसीआर परीक्षण गर्नुु परेको उनको भनाइ छ । बैंक तथा बित्तीय संस्थामा भीडभाड रहने गरेकाले कोभिड १९ (कोरोना) संक्रमणको जोखिम रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *