आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २८ मंसिर

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ। गत २४ घण्टामा ८ सय ३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा २, झापामा २०, ताप्लेजुङमा २, तेह्रथुममा ३, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३८, संखुवासभामा २, सोलुखुम्बुमा १ र सुनसरीमा १० जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा १, महोत्तरीमा १, रौतहटमा १ र सप्तरीमा १ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ५८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा १९, धादिङमा ५, नुवाकोटमा ६, भक्तपुरमा २५, मकवानपुरमा ५, रसुवामा ५, रोमछापमा ३, ललितपुरमा ६५ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५३, गोरखामा ३, तनहुँमा १३, नवलपरासी पूर्वमा ७, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा ९, बागलुङमा ६ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा ३, दाङमा १६, पाल्पामा ९, प्यूठानमा १, बर्दियामा १, बाँकेमा ७, रुकुम पूर्वमा १, रोल्पामा १ र रुपन्देहीमा २३ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको कालिकोटमा २, दैलेखमा ६, रुकुम पश्चिममा ८, सल्यानमा ६ र सुर्खेतमा १८ जनामा कोरोना भेटिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १५, कञ्चनपुरमा ४१, कैलालीमा ६२, डडेल्धुरामा १, डोटीमा १४, दार्चुलामा १, बझाङमा ९ र बैतडीमा १ कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *