उपत्यका मेयर फोरमको आग्रह : नाकामा सेना परिचालन गरी निषेधाज्ञा खुकुलो बनाऊ

राजनीति विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ भदाै

फाइल तस्वीर

उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकाका सबै नाकामा कडाई गरी निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने बताएको छ ।

मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाका कडाई गर्न सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको हो ।

फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदाय स्तरमा संक्रमण फैलिएको स्थितिलाई दृष्टिगत गरी सीमा नाकामा कडाई गर्नुपर्ने निर्णय भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *