भक्तपुरबाट ठूलो परिमाणमा लागुऔषध बरामद, दुई जना पक्राउ

विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २३ भदाै

फाइल तस्वीर

नेपाल प्रहरीको अपराध महाशाखाले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट ट्रकमा आएकाहरु भक्तपुरबाट पक्राउ परेका हुन् । ना ३ ख ९०८९ नम्बरको ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्ति, लागुऔषधको नाम र परिमाण लगायतका विस्तृत विवरण प्रहरीले खुलाएको छैन ।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘अनुसन्धान जारी रहेकाले सबै कुरा अहिले नै सार्वजनिक गर्न मिल्दैन । अपरेशन पूरा भयो भने हामी पत्रकार सम्मेलन गरेरै जानकारी दिन्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *