१ सय ६७ जना कोरोना संक्रमितको उपचार आइसियु र भेन्टिलेटरमा हुँदै

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ भदाै

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ६७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार २३ जना भेन्टिलेटरमा र १४४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ८५ जना आइसियु र  २२ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै प्रदेश १ मा ६ जना आइसियु रहेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा २४, प्रदेश ५ मा २० आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ३ र सुदुरपश्चिममा १ जना संक्रमित आइसियुमा उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *