पछिल्लो २४ घन्टामा थप १७३६ कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ भदाै

पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ३६ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सँगै नेपालमा  ३० हजार ६ सय ७७ जना संक्रमित  उपचारपछि निको भएका छन्।   ताप्लेजुङ,, मुस्ताङ, डोल्पा, मुगु र  हुम्ला गरी ५ जिल्लामा संक्रमित शून्य भएका छन्।

आज मन्त्रालयका अनुसार ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै अहिले सम्म ७ लाख ७७ हजार ५ सय ६३ जनाको पिसिआर परीरक्षण भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४ हजार ७ सय ३९ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १७ हजार २ सय ५९ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –२६७९
प्रदेश २– ८७९७
बाग्मती प्रदेशमा –४१५०
गण्डकी प्रदेशमा –१८४८
प्रदेश ५मा –५४८१
कर्णाली प्रदेशमा –२३४९
सुदूरपश्चिम प्रदेशमा ५३८०

Leave a Reply

Your email address will not be published. Required fields are marked *