भक्तपुर, २० कात्तिक ।
तिहारको अवसरमा वागीश्वरी मा.वि.र कलेजमा नवआगन्तुक विद्यार्थीहरुलाई मङ्गलवार सांस्कृतिक कार्यक्रमसहित स्वागत तथा शुभकामना कार्यक्रम गरेको छ । कलेज र विद्यालयमा छुट्टाछुट्टै भएको कार्यक्रममा कक्षा १२ ले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ । कलेजमा प्रमुख अतिथि पूर्व प्राचार्य मोहनप्रसाद प्रजापति र विद्यालयमा विशेष अतिथि प्रो.डा.सिद्धिवीर कर्माचार्यले उद्घाटन गरेका थिए ।
विशेष अतिथि कर्माचार्यले संस्कृतिले विज्ञान, आर्थिक, राजनीतिक, सांस्कृतिक सबै पक्षलाई समेटिने बताए । उनले तिहारको फूलमा नेपाल आत्मनिर्भर बन्दै गएको र भक्तपुरको गुण्डुबाट मात्रै यसपालि ३ करोडको फूल विक्री गरेको फ्लावर एशोसिएशन अफ नेपालको तथ्याङ्कले बताएको स्पष्ट पारे ।
विद्यार्थीहरुका विविध सांस्कृतिक प्रस्तुति रहेको उक्त कार्यक्रममा कलेज प्राचार्य धनकुमार श्रेष्ठ र विद्यालय प्राचार्य कृष्णप्रसाद धन्छाले विद्यालय र कलेजको प्रगतिमा सबैको साथ रहेको चर्चा गरे । कार्यक्रममा विभिन्न संकायका शिक्षक तथा विद्यार्थीहरुले तिहारलाई सभ्य र सुसंस्कृत रुपमा मनाउन आग्रह गरे । साथै समसामयिक विषयवस्तुमा विद्यार्थीहरु अद्यावधिक भइरहनुपर्ने वक्ताहरु बताउँछन् । कार्यक्रममा हीरक वर्षको अवसरमा भएको रक्तदान कार्यक्रमका सहभागीहरुलाई प्रमुख अतिथि प्रजापतिले प्रमाणपत्र वितरण गरेको थियो । कार्यक्रममा सहप्राचार्य ज्ञानसागर प्रजपति, सुशिला कर्माचार्य, ग्याहेन्द्रप्रसाद दाहाल, राजन चौगुठी, निरु ताल्चाभडेल, पियूषराज गोसाई, विश्वेशवरप्रसाद मानन्धर, चन्द्रप्रसाद ढकाल, नारायणप्रसाद गोरालगायतका शिक्षक तथा आयोजकतर्फबाट सिद्धान्तरत्न बज्राचार्य, सारिका खुलिमुलीलगायतका विद्यार्थीहरुले शुभकामना मन्तव्य राखेका थिए ।