आँखा पाक्ने रोग देखिएपछि काठमाडौंको गोकर्णेश्वरका विद्यालयमा चार दिनका लागि बिदा

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २९ साउन

काठमाडौंको गोकणेश्वर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु   ४ दिन बन्द हुने भएका छन्।

विद्यार्थी तथा शिक्षकमा आँखा पाक्ने रोग देखिएपछि ४ दिनका लागि विद्यालय बन्द गरिएको नगर प्रमुख दिपक कुमार रिसालले जानकारी दिए।

रिसालका अनुसार नगरपालिका अन्तरगतका शैक्षिक संस्थाहरु यही साउन ३० गतेदेखि भदौ १ गतेसम्म बन्द हुने छन्।

नगरपालिकाले आँखा पाक्ने रोग देखिएपछि नगरबासीलाई निशुल्क शिविरसमेत संचालन गर्दै आएको छ।

नगर प्रमुख रिसालले बिरामीको संख्या अत्याधिक बढेकाले आँखा पाकेका बिरामीलाई मात्रै छुट्टै जाँच गर्ने र औषधि उपचारको व्यवस्था मिलाइएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *