देशभर ७ हजार १ सय ९० कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ भदाै

देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

सोमबार १७ हजार २ सय ५९ जना संक्रिय संक्रमित मध्ये ७ हजार १ सय ९० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै प्रदेश २ मा ३ हजार  होम आइसोलेसनमा छन्।

त्यस्तै बाग्मती प्रदेशमा मा २ हजार ३ सय ३४, प्रदेश १ मा ७ सय ९०, प्रदेश ५मा ८ सय ७, सुदूरपश्चिम प्रदेशमा ११९, गण्डकी प्रदेशमा १०० र कर्णाली प्रदेशमा ४० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *