लाखौको लगानीमा सामुहिक फुलखेती

अर्थ/वाणिज्य मनोरञ्जन समाचार

प्यूठान, २ आश्विन


प्यूठानका २ जना महिला ब्यवसायिक फुल खेतीमा लागेका छन् । पछिल्लो समय प्लाष्टिकका मालाको प्रयोग बढ्दै गएका कारण त्यसलाई बिस्थापित गर्न तथा भारतीय फुल आयातमा कम गर्ने उद्देशयले प्यूठान नगरपालिका ४ का २ स्थानीय महिलाहरु जिल्लामै पहिलो पटक ब्यवसायिक फुल खेतीतर्फ लागेका हुन् । जिल्लामा फुलखेतीको राम्रो सम्भावना भएकाले प्यूठान नगरपालिका ४ जुम्रीका राधा अधिकारी र रेखा खत्रिले सामुहिक रुपमा जुम्रिमा ब्यवसायीक फूलखेती गरेका हुन् ।
फुलखेतीमा राम्रो सम्भाबना र कम लगानीमा धेरै आम्दानी हुने भएकाले ब्यवसायिक रुपमा फुलखेती ब्यवसाय गरेको राधा अधिकारीले बताइन् । ‘प्यूठानमा यो ब्यवसायको सम्भाबना राम्रो छ’ उनले भनिन् । २०७५ सालबाट जुम्रीमा ब्यवसायिक रुपमा यो खेती गर्न थालेको अर्की कृषक रेखा खत्रीले बताइन् । परिश्रम र कम लगानी गरेर धेरै उत्पादन तथा आम्दानी हुने भएकाले प्यूठानमा पहिलो पटक ब्यवसायिक फुलखेती गरेको खत्री सुनाउछिन् । प्यूठान नगरपालिकाको सहयोगमा काठमाण्डौमा तालिम लिएपछि सामुहिक रुपमा फुलखेती सरु गरेको उनीहरुले बताए । ‘हामीले गत बर्षबाट सामुहिक लगानीमा फुलखेती सुरु गरेका हौ’ राधा अधिकारीले भनिन्,‘ फुलको माग बढ्दै गएको छ ।’
एक बर्षअघि ५ लाखको सामुहिक लगानीमा ३ रोपनी जग्गा भाडामा ल्याई ब्यवसायिक खेती सुरु गरेको उनीहरुले जानकारी दिए । उनीहरुले अहिले ४०–४५ थरिका फुलहरु उत्पादन गर्दै आएका छन् । साथै उनीहरुले फुलका साथै बेर्ना पनि उत्पादन गर्दै आएको अर्की कृषक रेखा खत्रीले बताइन् । ‘फुल खेतीबाट राम्रै आम्दानी भएको छ’ उनले भनिन्,‘गत बर्ष फुल तथा बेर्ना बेचेर करिब १ लाख आम्दानी भयो ।’ उनीहरुले फुलखेती बाट राम्रो आम्दानी हुन थालेपछि भर्खेरै थप ३ रोपनी जग्गा भाडामा ल्याई फुलखेतीलाई बिस्तार गरेका छन् । जिल्लामै पहिलो पटक फुलखेती बयवसाय सुरु गरका कारण खेतीलाई बिस्तार गर्न प्रदेश सरकारले ४ लाख रुपैया अनुदान दिएको उनीहरुले बताए ।

अहिले जिल्लाका ठुला सभासमारोहमा यहिको फुल प्रयोग हुदै आएको छ । गत बर्ष फुलको माग धान्ने नसकेपछि अहिले ६ रोपनी जग्गामा फुलखेती बिस्तार गरी चाडपर्वलाई लक्षित गरी फुल उत्पादन गर्न थालेको उनीहरुले बताए । ‘बार्षिक ३५ हजार भाडा दिने गरी जग्गा लिजमा लिएका छौ’ उनीहरुले भने । उनीहरुको नर्सरीवाट उत्पादन भएको बेर्ना स्याउलीवाङ्ग, रजवारा, अर्खा, लगाएत स्थानीय बजार बिजुवार, जुर्मि र बाग्दुला समेत जाने गरेको छ । नर्सरीमा २० रुपैया देखी १५ सय रुपैया सम्मका फूलका बेर्नाहरु छन् । उनीहरुले केहि बेर्ना काठमाण्डौ, चितवन वाट ल्याएका हुन् भने केहि फूलहरु यहि उत्पादन गरेका छन् । जिल्लाको प्यूठान नगरपालिकाले जिल्ला बाहिरबाट फुलका बेर्ना ल्याउ दुख लागेका अधिकारीले गुनासो गरिन् । नगरपालीकाकै सहयोगमा ब्यवसाय सुरु गरेपनि नगरपालीकालेनै बेवास्ता गरेको उनले बताइन् । जिल्ला बाहिरबाट फुल आयात गर्नुभन्दा जिल्लाका ब्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *