काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ भदाै

सोमबार काठमाडौं उपत्यकामा ३२६ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा २९३, ललितपुरमा  २० र भक्तपुरमा १३  संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८० पुगेको छ।

त्यसैगरि, काठमाडौंमा ६ हजार ९ सय १७ ललितपुरका ९३९  र भक्तपुरमा ७२४ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर ३३८ महिला र ६४१ पुरुष गरी  ९७९ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या  ४६ हजार २ सय ३६ पुगेको छ। २४ घण्टा १ हजा ७ सय  ३६ जना डिस्चार्ज भएसँगै ३० हजार ६ सय ७७ जना संक्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *