नगर प्रमुख प्रजापतिद्वारा कसिमला र चेस प्रतियोगिताको उद्घाटन

खेलकूद विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, २२ मंसिर


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत कसिमला पायँ र बुद्धिचाल प्रतियोगिताको संयुक्त रुपमा बुधबार दत्तात्रय परिसरमा उद्घाटन गरे ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले यहाँका लोपोन्मुख स्थानीय मौलिक खेललाई जीवन्तता दिँदै उक्त खेलहरुको तालिम सञ्चालन गर्दै प्रतियोगिताहरु समेत गर्दैै आइरहेको बताए ।
भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तरनगर प्रतियोगिता आयेजना गर्दै विद्यार्थीहरुलाई उत्साहित गर्दै आइरहेको बताउँदै भक्तपुरको मौलिक परम्परा र संस्कृतिलाई मजबुट बनाउन र नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न विविध गतिविधि अगाडि सार्दै आएको बताए ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विद्यालय तहबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले खेलकुद प्रतियोगिता आयोजनामा जोड दिँदै आएको बताए ।
कार्यक्रममा भक्तपुर जिल्ला बुद्धिचाल संघका निर्मल प्रजापति, कसिमला पायँका तर्फबाट रोशनराज तुइँतुइँ, भनपा वड नं. ९ खेलकुद समितिका अध्यक्ष निर्मल प्रजापतिले खेलको बारे प्रष्ट पारेको थियो ।

टेबल टेनिस प्रतियोगिताको अन्तिम नतिजा
भक्तपुर नगरपालिकाद्धारा आयोजित भक्तपुर नगरब्यापी विद्यालयस्तरीय टेवल टेनिस प्रतियोगिताका सम्पूर्ण खेलहरु २ वडा समिति र २ वडा खेलकुद समितिको समन्वयमा बासु माविको हलमा सम्पन्न भयो ।
प्राप्त अन्तिम नतिजाअनुसार टेबल टेनिस तर्पm गर्ल्स टीम इभेन्ट्समा प्रभात ई. स्कूल प्रथम, प्रोक्सिमा एकडेमी दोश्रो र माउण्ट भ्याली र जेन्यूइन सेकेण्डरी स्कूल संयुक्त रुपमा तेश्रोस्थान प्राप्त गर्न सफल भयो । व्वाइज टीम इभेन्ट्समा प्रोक्सिमा एकडेमी प्रथम, द राइजि· इ. स्कूल दोश्रो, जेन्यूइन सेकेण्डरी स्कूल र गोल्डेन गेट ई.स्कूलले संयुक्त रुपमा तेश्रो स्थान प्राप्त गरेका थिए ।

व्वाइज १६ बर्षमुनी तर्फ करण कपाली विद्या आर्जन प्रथम , न्युनिस सुवाल द राइजि· ई. स्कूल दोश्रो उज्वल न्हुछे प्रोक्सीमा एकडेमी र क्रियशन सुवाल जेन्यूइन सेकेण्डरी स्कूल संयुक्त रुपमा तेश्रो भएका थिए ।

व्वाइज १२ बर्षमुनि तर्फ बिशाल कवां प्रोक्सिमा एकडेमी प्रथम, रुकेश लवजु माउण्ट भ्याली ई. स्कुल दोश्रो तथा बासु माविका सुयौढ दुवाल र माउण्ट भ्याली ई. स्कुलका शोहन गोर्खाली संयुक्त रुपमा तेश्रो भएका थिए ।

गल्र्स १६ मुनि तर्फ प्रभात ई.स्कुलका क्रमशः प्रदिपा सुवाल प्रथम, क्यारिना सुवाल दोश्रो, जेन्यूइन सेकेण्डरी स्कूलका वेन्डी सुवाल र माउण्ट भ्यालीका आशिका काशिछ्वा संयुक्त रुपमा तेश्रो भएका थिए ।

गल्र्स १२ बर्षमुनी तर्फ नर्मदा खाइतु प्रोक्सिमा एकडेमी प्रथम, प्रभात ई.स्कुलका शौरभि कोजु दोश्रो, तथा प्रभात ई.स्कूलकै सेफिना कोजु र प्रोक्सिमा एकडेमी प्रज्ञा भेले संयुक्त रुपमा तेश्रो भएका थिए ।

मिक्स डबल तर्फ बिशाल र नर्मदाको जोडी प्रोक्सिमा एकडेमी प्रथम, प्रज्वल र प्रदीपाका जोडी प्रभात ई. स्कूल दोश्रो र संयुक्त रुपमा सिर्जल र क्यारिनाको जोडी प्रभात स्कूल र सफल र सृष्टीकाको जोडी प्रोक्सिमा एकडेमी संयुक्त रुपमा तेश्रो भएका थिए ।

अन्तिम परिणाम अनुसार प्रोक्सिमा एकडेमीले ४ स्वर्ण ,१ रजत र २ कासय गरी ७ पदकका साथ समूहमा प्रथम भई प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी प्रभात ई. स्कूलले २ स्वर्ण, ३ रजत र २ कास्य पदक गरी ७ पदक प्राप्त गरी द्वितीय स्थान हासिल गरेको छ भने विद्या आर्जन स्कूलले १ स्वर्ण पदक प्राप्त गरी तृतीय स्थान हासिल गरेको छ ।
समुहमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने विद्यालयहरुलाई २०७८ मंसीर २४ गते दिउँसो १ः०० बजे शहिद स्मृति खेल मैदानमा हुने समापन तथा पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत गर्ने आयोजक समितिले जनाएको छ ।

भलिबल खेलको नतिजा
भक्तपुर नगरपालिकाद्वारा आयोजित नगरब्यापी विद्यालयस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत सहिद स्मृति खेल मैदानमा भइरहेको भलिबल खेलको छात्र तर्पmको सेमीफाइनल खेलमा सैनिक आवशीय माविले वागेश्वरी माविलाई ३५–१४ र २५–११ ले विजय हासिल गरेको छ भने श्री पद्म माविले शारदा माविलाई २५–१३ र २५–२३ ले विज हासिल गरी फाइनल खेलमा प्रवेश गरेको छ । भलिबल खेलको छात्रा तर्पmको सेमीफाइनलमा डेमोस ई. स्कूलले बासु माविलाई २५–०६ र २५–१९ ले विजय हासिल गरेको छ भने वागेश्वरी माविले श्री पद्म माविलाई २५–२२ र २५–१९ ले विजय हासिल गरी फाइनल खेलमा प्रवेश गरेको छ ।
छात्र र छात्रा तर्पmको फाइनल खेल र मेडल वितरण भोलि हुने आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *