काठमाडौंमा ३ सहित थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ भदाै

नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय पुगेको छ।

८ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

काठमाडौंमा ३७, ९० र ८३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

मोरङमा ७६, सिरहामा ७८ र ६२, सर्लाहीमा ३५, दोलखामा ६९, मकवानपुरमा ३९, बाँकेमा ५९ वर्षीय पुरुष र कास्कीमा ६३ वर्षीया महिलाको मृत्यु भएको छ।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६४ प्रतिशत रहेको मन्त्रालयले  जनाएको छ। यसअघि आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *