बारीमै स्याउ कुहिन थालेपछि रुकुम पूर्वका किसान चिन्तामा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
रुकुम, २१ भदौ


रुकुमको पूर्वी दुर्गम गाउँहरुमा उत्पादन भएको स्याउ बारीमै कुहिन थालेको छ । बजार अभावका कारण किसानको बारीमै स्याउ कुहिन थालेको हो । जिल्लाको उत्तर पूर्वी रुकुमको गाउँ गाउँमा उत्पादन भएको स्याउ बगैंचामै कुहिन थालेको हो । विशेष गरी पुथाउत्तरगंगा गाउँपालिका अन्तर्गतका रन्मामैकोट, तकसेरा, कोल, राङसी र सिस्ने गाउँपालिकाका सिस्ने, जाङ र आठविसकोट नगरपालिकाको स्यालाखदीमा उत्पादन भएको स्याउले बजार पाउन सकेको छैन ।

स्याउ वोटमै कुहिन थालेपछि स्याउको व्यावसायिक खेती गरेका किसान चिन्तामा परेका छन् । कोरोना भाइरस कोभिड–१९ का कारण स्याउ एक ठाउँबाट अर्को स्थानमा आवजजावत बन्द भएपछि स्याउले बजार नपाएको हो भने स्याउ उत्पादन क्षेत्रसम्म मोटरवाटो नहुनु र भएको ठाउँमा पनि वर्षातका कारण मोटर बाटो तथा घोरेटो बाटो भत्किएपछि रुकुमको दुर्गम गाउँका स्याउ वोटमै कुहिन थालेको पुथाउत्तरगंगा गाउँपालिका वडा नं २ का किसान लजिम पुनले जानकारी दिए । उनले भने, ‘पूर्वी रुकुममा उत्पादन भएको स्याउले बजार नपाउँदा समस्या भएको छ ।’

गत वर्षहरुमा यातायातका साधन नचले पनि घोडा तथा खच्चडमा रुकुमका बजारहरुमा स्याउ ढुवानी गरेर विक्री गर्ने गरिएको थियो । तर यस वर्ष गत चैतदेखि नै कोरोना भाइरसको संक्रमणका कारण गाउँ र बजारको सम्बन्ध विच्छेद झै भएको स्थानीयले बताएका छन् ।
भौगोलिक विगटताका कारण यातायातको सहज पहुँच नहुनु र गाउँमा स्याउ भण्डारण केन्द्र नहुँदा रुकुमको दुर्गम गाउँमा उत्पादन भएको स्याउ व्यापारिक केन्द्रसम्म पुग्न नसकेको जनाएको छ । करोडौंको स्याउ वोटमै कुहिएपछि किसान चिन्तीत बनेका छन् । उनीहरुका अनुसार स्याउ विक्री नहुँदा लगानी डुवेको पुथाउत्तरगंगा ११ का कल्पना बुढाले जनाइन् । वोटमै स्याउ कुहिन थालेपछि गाईभैंसीको आहारा र मदिरा बनाउन थालेको वुढाले जनाए ।

गत वर्षको तुलनामा यसवर्ष स्याउको उत्पादनमा समेत केही वृद्धि अनुमान किसानले गरेका छन् । समयमा पानी परेका कारण स्याउ उत्पादनमा वृद्धि भएको स्थानीयले बताएका छन् । गाउँमा स्याउ कुहिन थालेपनि रुकुमका बजारहरुमा चिनियाँ स्याउले धानेको छ । रुकुम पूर्वको ८३ हेक्टर क्षेत्रफलमा स्याउको व्यावसायिक खेती गर्दै आएको जिल्ला कृषि विकास कार्यालय रुकुमले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *